पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको समूहले सभागृहको चोकभन्दा केही माथि जेनेक्स कम्प्युटरसँगैको घरमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिजले पोखराका मन मिल्ने युवा व्यवसायीलाई एकजुट गरी केही गर्न खोजेको जनाए ।
बालबालिकाको क्षेत्रमा मिलेर काम गर्ने र सोही समूहले व्यावसायिक ढंगले पनि पृथक काम गर्न करिब २ करोड लागतमा लाउन्ज सञ्चालनमा ल्याएको हो । केही महिनाअघिदेखि सञ्चालनमा आएको बेरी नयाँ वर्षको सुरुवातसँगै सफ्ट ओपनिङ भएको हो ।
शनिबार सांगीतिक कार्यक्रम, लाइभ म्युजिकसहित चर्चित नायिका वर्षा राउतको उपस्थितिमा बेरीको औपचारिक उद्घाटन गरिएको छ । न्युरोडमा अन्यत्रको तुलनामा गुणस्तरीय र सस्तो दरमा सेवा दिने उद्देश्यले बेरी सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष सुवास अधिकारीको भनाइ छ । उनका अनुसार यहाँ सस्तो मूल्यमा उत्कृष्ट खाना र पेय पदार्थहरु उपलब्ध गराउने लक्ष्य छ । कफी सफ र अन्य स्वादिष्ट खानासँगै ७० जना क्षमताको हल र २ सय जनासम्मलाई पार्टी दिनसक्ने क्षमता रहेको सञ्चालक श्यामसुन्दर ढकालले बताए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१