फिल्म ‘चित्रा’ २७ पुसमा रिलिज

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८०
Chitra Movie News

पोखरा । नेपाली फिल्म ‘चित्रा’ आगामी २७ पुसमा रिलिज हुने भएको छ । ५ वर्षदेखि फिल्ममा लगानी गर्दै आएका सन्तोष अधिकारीको मुख्य अभिनय रहेको यो फिल्मको यतिखेर छायांकन सकेर सम्पादन कार्य भइरहेको निर्माण पक्षले जनायो ।

‘आमा’, ‘घर’ लगायत फिल्मका निर्माता अधिकारी यो फिल्ममा भने कार्यकार निर्माता पनि हुन् । अभिनयमा रुची भएकाले पनि आफू पर्दामा आएको बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए । उनले एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा प्रत्येक घरको कथा भएको बताउँछन् ।

खासमा ‘चित्रा’ बाबुछोरीको कथा हो । पछिल्लो समय राजनीतिक विषयवस्तु नेपाली सिनेमामा हाबी भइरहँदा पारिवारिक विषयवस्तु समेटिएको यो फिल्म दर्शक पाउनेमा निर्माण पक्ष आशावादी छ ।

निर्देशक घनश्याम लामिछानेले ‘चित्रा’ चल्ने प्रमुख आधार भनेकै कन्टेन्ट भएको दाबी गरे । आफूले निर्देशन गरेका यसअघिका फिल्मभन्दा मेकिङ हिसाबले पनि ‘चित्रा’ फरक बनेको उनले उल्लेख गरे । सन्तोष अधिकारीको अभिनयलाई लामिछानेले तारिफ गरेका छन् ।

कास्कीको घाचोक र पोखरामा छायांकन गरिएको फिल्ममा अधिकारीसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल लगायत कलाकारको अभिनय छ ।

आशीष थापामगर निर्माता रहेको यो फिल्मको कथा अजय अधिकारीले लेखेका हुन् । मनीष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई मिलन अमात्यले साथ दिएकी छिन् । फिलमको एक गीत ‘नगर है तानातान, नजरैको हानाहान’ सार्वजनिक भइसकेको छ । महेश पौडेलले छायाकन गरेको फिल्मको सम्पादन सन्देश शाहले गरेका छन् ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीले लिएका छन् । सिनेमाको अष्ट्रेलिया अधिकार अविनास रोकामगरलाई सुम्पिएको छ ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • बेरोजगार युवाको कथा ‘डिग्री माइला’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको…
  • सिनेमा प्रतिक्रिया दिन पोखरामा रिभ्यू बक्स

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । सिनेमा हेरिसकेपछि प्रतिक्रियाका लागि कास्कीमा रिभ्यू बक्स स्थापना गरिएको छ । चलचित्र पत्रकार संघ (चपस) नेपाल, कास्कीले पोखराका दुई…
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width