गुरुङ साहित्यिक मञ्चमा च्हाक्ली

आदर्श समाज सम्वाददाता
असाेज २७, २०८०
Tamu Sahitik Photo

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो अधिवेशनबाट अध्यक्षमा तेजबहादुर च्हाक्ली गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिबार आयोजित अधिवेशनबाट उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा मिश्र गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्षमा जसु गुरुङ, सहकोषाध्यक्षमा छम गुरुङ (वाग्मती प्रदेश संयोजक) चयन भएका हुन् ।

सदस्यमा आश गुरुङ (गण्डकी प्रदेश संयोजक), प्रतिमा गुरुङ, पवित्रा गुरुङ र सुरज गुरुङ चयन भएका हुन् । बाँकी ३ जना कार्यसमिति सदस्य र दुईवटा प्रदेश संयोजक पहिलो बैठकबाट मनोनीत गरिने संस्थापक अध्यक्ष गौरी गुरुङले बताइन् ।

नवनिर्वाचित कमिटीलाई गुरुङ साहित्यिक मञ्च नेपालकी सल्लाहकार शान्ति गुरुङले पद तथा गोपनियताको शपथग्रहण गराइन् । नवनिर्वाचित अध्यक्ष च्हाक्लीले संस्थालाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मञ्चको कानुनी सल्लाहकार अधिवक्ता जुना गुरुङको संयोजकत्वमा सल्लाहकार शान्ति गुरुङ र आजीवन सदस्य केहरसिंह गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अधिवेशन उद्घाटन गर्दै साहित्यिक मञ्च नेपालले सम्पूर्ण तमुहरुलाई एकताबद्ध गर्दै साहित्यिक सुझबुझका साथ अगाडि बढ्नु पर्ने बताए । यसरी नै तमु प्ये ल्हु संघ केन्द्रीय समिति अध्यक्ष हितकाजी गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ र गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)का अध्यक्ष गुन्जबहादुर गुरुङले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मञ्चको मुखपत्र ‘सप्तो’, गीतकार तथा कलाकार प्रतिमा गुरुङको ‘आमा’ गीतिसंग्रह विमोचन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width