पोखराका देवेन्द्र न्यु लुक मिस्टर नेपालका प्रतिस्पर्धी

आदर्श समाज सम्वाददाता
असार २८, २०८०
devendra

पोखरा । दीपेन्द्र शाही (देवेन्द्र) यतिखेर न्यु लुक मिस्टर नेपाल–२०२३ को प्रतिस्पर्धामा छन् । ४० दिनको तालिमसँगै आगामी ६ साउनमा काठमाडौंमा ग्रान्ड फिनाले हुँदैछ । टप–२० मा परेका उनले भोटको अपील गरिरहेका छन् ।
उनलाई भोट गर्न नेपालमा हुनेहरुले खल्ती एप र विदेशमा रहेकाहरुले खल्ती डट कममार्फत भोट गर्न सकिनेछ ।

पश्चिम नेपालका उनी केही वर्षदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका छन् । पत्रपत्रिकाबाट आफ्नो करियर सुरुवात गर्दै रेडियो र कास्कीका विभिन्न टेलिभिजन हुँदै स्टेज कार्यक्रम सञ्चालकको रुपमा उभ्याउँदै उनी खासमा आफूलाई सञ्चारकर्मी भन्न रुचाउँछन् ।

रेडियोमा काम गर्नका लागि कास्कीका विभिन्न रेडियो पनि धाए । त्यसैक्रममा ‘द मिडियाज कलेक्सन’मा तालिम लिए । उनलाई सुरुवातमा प्रशिक्षक जीवन सुवेदीले रेडियो थ्री एन्जलमा काम गर्न अवसर जुटाइदिए । रेडियोमा रहँदा उनले धेरै निखारिने अवसर पाए । सहज र सरल स्वभावका धनी व्यक्तित्व थ्रि एन्जल्स सामुदायिक रेडियोका स्टेशन म्यानेजर गणेश श्रेष्ठसँगको भेट फलदायी रह्यो ।

लामो समय रेडियो टेलिभिजनमा काम गर्दै आफूलाई निखार्ने अवसर पाए र आफ्नो कमीकमजोरी सुधार्ने कार्य पनि गर्दै लगे ।

सम्पदा राष्ट्रिय अवार्ड कार्यक्रममा उत्कृष्ट उद्घोषक अवार्डद्वारा सम्मानित उनी पोखरा जेसिजको इभेन्ट व्यवस्थापक सदस्यको जिम्मेवारी पाएका छन् । साथै पोखरा जेसिजको बोर्ड सदस्य हुन् ।

पोखराका फिल्म निर्देशक घनश्याम लामिछाने तथा गोल्डेन आई टिभीका संस्थापक तथा निर्देशक चिरञ्जीवी भुर्तेल, पोखरा एक्सप्रेसका प्रधानसम्पादक रामजी लम्सालसँग पनि नजिक रहेर काम गरेको अनुभव शाहीसँग छ ।

Related News

सम्बन्धित समाचार

  • जादुयी स्वरकी धनी सिम्रन

    विजय नेपाल भाद्र ३०, २०८०
    पोखरा । संगीतको शक्ति कतिसम्म हुन्छ भन्ने कुरा यसमा रम्नेहरु पूरा जानकार छन् । सुमधुर संगीतमा डुबुल्की मार्दा मानिसले दुख…
  • सानै उमेरमा कलाकार बन्ने रहर

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८०
    पोखरा ।  कक्षा ७ का विकल विक बेलुन फुक्दै थिए । उनी साना भाइबहिनीजस्तो खेलाउन बेलुन फुकेका थिएनन् । महिलाको…
  • विक्रमको दोस्रो सिर्जना बजारमा

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०८०
    पोखरा । गीतकार विक्रम पौडेलले तीजेगीत ‘फर्की हेर्‍यौ ..’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल विक्रम पौडेलमार्फत उनले गीत…
  • पोखरा थिएटरमा पाठ्यक्रम लक्षित नाटक

    आदर्श समाज सम्वाददाता श्रावण १५, २०८०
    पोखरा । पोखरा थिएटरमा कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश…
  • इन्द्रधाराको ‘मुस्ताङे नानी’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार २९, २०८०
    पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित ‘मुस्ताङे नानी’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।…

hero news full width