दियालो स्कुललाई पूर्व विद्यार्थी केसीको सहयोग

आदर्श समाज सम्वाददाता
पौष २९, २०७९
diyalo school

स्याङ्जा।  स्याङ्जाको पुतलीबजार १३, कुलबाँधस्थित दियालो आधारभूत विद्यालयमा कम्युटर खरिदका लागि पूर्व विद्यार्थी वीरेन्द्रजंग केसीले नगद सहयोग प्रदान गरेका छन् । विद्यालयको ४८ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहका अवसरमा शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा केसीले उक्त रकम प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केसीले विद्यालयको शैक्षिकस्तर सुधारका लागि कम्प्युटर र प्रिन्टर खरिदका लागि ८१ हजार रुपैयाँ नगद प्रदान गरेका हुन् । उनले बर्सेनि २ जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामग्री, झोला, ड्रेससहित सम्पूर्ण खर्च बेहोरिदिने प्रतिबद्धता जनाए । पुतलीबजार १४, सिरिन्डाँडा स्थायी घर भएका केसी हाल अस्ट्रेलिया बस्दै आएका छन् ।

वडा सदस्य शारदा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक हरिप्रसाद कोइरालाले बताए । उक्त अवसरमा ज्येष्ठ नागरिक एवं समाजसेवी कमलकान्त कोइराला उपस्थित थिए । शिक्षिका गीतादेवी लामिछानेले स्वागत गरेको कार्यक्रममा कक्षा ५ विद्यार्थी अमान मियाँले विद्यार्थीका तर्फबाट भनाइ राखे । कक्षा ३ का छात्र शौभाग्य पौडेलले कविता वाचन गरे । विद्यालयको पूर्व शिक्षिका समेत रहेकी वडा सदस्य एवं कार्यक्रम अध्यक्ष शारदा नेपालीले अभिभावक, विद्यार्थी एवं शिक्षकको त्रिपक्षीय सहकार्यले शैक्षिकस्तर उकास्न सकिने भनाइ राखिन् । विद्यालयमा हाल कक्षा ५ सम्मको पढाइ हुन्छ । तत्कालीन समयमा शिक्षाको आवश्यकतालाई ख्याल गरी कोइराला परिवारको अग्रसरतामा उक्त विद्यालय स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width