नेसनल क्रियसनमा निर्वाचन

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
national-creation-acamemiy

पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् । निर्वाचनमा विद्यालयमा कक्षा ३ देखि १० सम्म अध्ययनरत करिब ५ सय विद्यार्थीले मतदान गरेको विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले जानकारी दिए ।

विद्यालय प्रशासक विक्रम थापाका अनुसार कक्षा १० का आरुष लामा क्याप्टेन र कक्षा ९ का सौगात तामाङ भाइस क्याप्टेन तथा १२ जना प्रिफेक्टर निर्वाचित भए ।
निर्वाचित क्याप्टेनलगायतलाई प्राचार्य ज्ञानेन्द्र थापाले प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन गराउँदा विद्यार्थीले पनि नयाँ अनुभूति गर्न पाएको बताए । उनले प्रजातान्त्रिक अभ्यासले विद्यार्थीमा सामाजिक भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

निर्वाचनका सबै प्रक्रिया अपनाइएका कारण विद्यार्थीले देशको राष्ट्रिय निर्वाचनको अनुभूति गर्न पाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width