पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ ।
बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा प्रविधि क्लब, बालोदय कला तथा शिल्प क्लब, जुनियर रेडक्रस सर्कल, बालोदय पर्यटन क्लब र थ्रिबि क्लब गरी ६ क्लबका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत चुनाव कार्यक्रम भएको हो । यसका लागि ६५ जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । कक्षा ६ देखि १० सम्मका ४ सय ३५ जना विद्यार्थीले मतदानमा भाग लिएका थिए ।
मतदान अधिकृतमा सहक्रियाकलाप विभाग प्रमुख ईश्वर ढकाल तथा सहायक कर्मचारीमा शिक्षक थिए । प्राचार्य टेकनाथ पौडेल, सहप्राचार्य रामप्रसाद तिवारी, सूचना प्रविधि इन्चार्ज रघु ज्ञवाली, शैक्षिक विभाग प्रमुख यादबहादुर अधिकारी, प्लस टु इन्चार्ज रमेशकुमार आचार्य तथा प्लस टु संयोजक टंकप्रसाद पौडेल लगायतले पर्यवेक्षकको भूमिका निर्वाह गरे ।
यसअघि प्रदेश निर्वाचन कार्यालय गण्डकीका कार्यालय प्रमुख नारायण ढकाल तथा सूचना अधिकारी रुद्र न्यौपानेद्वारा निर्वाचन पद्दतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको थियो । ३० वैशाखमा चुनाव भएको निर्वाचन समिति संयोजक रघु ज्ञवालीले बताए । प्राचार्य टेकनाथ पौडेलले पाठ्यक्रमले निदिष्ट गरेका उद्देश्य व्यावहारिक र प्रयोगात्मक रुपमा पठनपाठन गराउँदै विद्यार्थीलाई निर्वाचन पद्दती र प्रजातान्त्रिक अभ्यासको ज्ञान दिने उद्देश्यले निर्वाचन कार्यक्रम सञ्चालन गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
hero news full width
मुख्य समाचार
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१