डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
disnelyland school

पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार मतदान प्रक्रियामार्फत दुवै संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो ।

जुनियर रेडक्रस सर्कल सभापतिमा १ सय ५१ मत प्राप्त गरी कक्षा ९ का अंकित खड्का विजयी भए । सभापतिमा कक्षा ९ का अनुकल्प नेपालीले पनि प्रतिस्पर्धा गरेकोमा उनले ३८ मत प्राप्त गरे ।

उपसभापतिमा कक्षा ८ का संस्कार बराल विजयी भए । सचिवमा कक्षा ९ की अनश्रू बराल, कोषाध्यक्षमा कक्षा ९ का प्रज्वल पराजुली, सहसचिवमा कक्षा ८ का सफल पौडेल निर्वाचित भए । सदस्यमा सागरराज पौडेल, अनिश ढुंगाना, विनम्र अधिकारी, प्रशंसा पौडेल, एनिका परियार र उज्वल खड्का विजयी भएको विद्यालयले जनाएको छ ।

बाल क्लबको अध्यक्षमा ९४ मत प्राप्त गर्दै कक्षा ९ की ईच्छा अधिकारी विजयी भइन् । उनीसँगै प्रतिस्पर्धा गरेका कक्षा ९ कै सौरव कुमालले ९१ मत प्राप्त गरे ।

उपाध्यक्षमा कक्षा ८ की आस्था भुजेल, सचिवमा कक्षा ९ की श्रीपर्ना सुवेदी, कोषाध्यक्षमा कक्षा ९ की हिमानी लामिछाने र सहसचिवमा कक्षा ८ का समीर खत्री निर्वाचित भए । सदस्यमा हिमेश बराल, अनिशा शर्मा, इशान लम्साल, सुजन गुरुङ, आभास पौडेल र अनिश ढकाल निर्वाचित भए ।

निर्वाचत प्रक्रिया समेत बुझाउन दुवै संस्थाको निर्वाचनका लागि २० वैशाखमा उम्मेदवारी मनोनयन, २४ वैशाखमा निर्वाचन चिन्ह प्रदान गरिएको थियो । निर्वाचन चिन्ह प्राप्त गरेलगत्तै उम्मेदवार प्रचारप्रसारमा लागेका थिए । आस्था पौडेल, सोफिया गिरी, रोश्मी आले, मयंक अधिकारी र सुजल भण्डारीले विद्यार्थीलाई मतदाता शिक्षा र मतदान प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।

दुवै संस्थाका लागि छुट्टाछुट्टै मतपत्र र मतपेटिकाको व्यवस्था गरिएको थियो । निर्वाचनमा २ सय ५ विद्यार्थी सहभागी थिए । विद्यालयका संस्थापक निर्देशक मित्रबन्धु बरालको रोहवर आइतबार साँझ मतणनापछि निर्वातन परिणाम सार्वजनिक गरिएको हो ।

संस्थापक प्राचार्य नरेशप्रसाद बरालले चुनावले विद्यालयको वातावरण पूर्ण निर्वाचनमय बनेको बताए । पूर्ण प्रजातान्त्रिक पद्दति अपनाएर निर्वाचन सम्पन्न गराउँदा विद्यार्थीले महत्वपूर्ण शिक्षा हासिल गरेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width