पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ । पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय र मुख्य मन्त्री कार्यालयमार्फत् प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ । पार्टीले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरुङको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
‘देश यसैपनि चरम आर्थिक संकटतर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्ने गरी सरकारले नै मूल्यवृद्धि गर्नु कदाचित् राम्रो काम होइन,’ अध्यक्ष गुरुङले भने, ‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ । हाम्रो यो शान्तिपुर्ण दबाबलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’
पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाब दिने र मूल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले चेतावनी दिए ।
बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, महासचिव बरुणविक्रम राणा, पोखरा महानगरका मेयर उम्मेदवार शंकर खराल, उपमेयर उम्मदेवार रञ्जना सेन पौडेल लगायत सहभागी थिए ।
राप्रपा कास्कीले मंगलबार मात्रै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राँके जुलुससमेत निकालेको थियो । राँके जुलुस अमरसिंहचोकमा गरिएको प्रवक्ता गिरीले जानकारी दिए । यसैबीच बिहीबार पनि राप्रपा कास्कीले पोखरामा मोटरसाइकल डो¥याएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९