जिल्लाका प्रमुखलाई लेउवा संघको स्वागत

आदर्श समाज सम्वाददाता
कार्तिक ५, २०७८
cdo ~lekhnath2

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न कार्यालयमा हालै सरुवा भइ आएका विभिन्न व्यक्तिको स्वागत तथा सम्मान गरेको छ ।
संघले बिहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्मा आत्रेय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि रमेश थापा, अनुसन्धान कार्यालय कास्कीका प्रमुख मनोज ढकाललाई स्वागत तथा सम्मान गरेको हो ।

यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराबाट अर्थ मन्त्रालयमा सरुवा भई जान लागेका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको बिदाइ गरियो ।
कार्यक्रममा संघ अध्यक्ष छत्रधर आत्रेयले तिनै तहका सरकारको नीति, नियम र कानुनको परिधिभित्र रहेर निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबता जनाए ।
कास्की प्रजिअ आचार्यले खुला अर्थतन्त्र भएको हाम्रो देशमा सरकारले गर्न नभ्याएका सबै कार्य राज्यको तर्पmबाट प्रदान गरिएका अधिकार क्षेत्रभित्र रहेर निजी क्षेत्रले सम्पादन गर्दै आएको बताए । उनले निजी क्षेत्रले आर्थिक विकासमा देखेका हरेक रचनात्मक सपनामा वर्तमान ऐन नियमको परिधिभित्र रहेर स्थानीय प्रशासनले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्मा आत्रेयले राजस्व प्रशासनलाई सवल, सुदृढ र सक्षम बनाउन आन्तरिक राजस्व कार्यालयलाई सदाझै निजी क्षेत्रले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

कास्की प्रहरी प्रमुख एसपि रमेश थापाले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको शान्ति सुरक्षाको लागि जस्तोसुकै सहयोग गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।

सरुवा भइ जान लागेका पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले आन्तरिक राजस्व कार्यालय र लेउवा संघबीच रहेको अन्योन्यास्रित सम्बन्ध पछिसम्म पनि कायम रहने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरी, लेउवा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले निजी क्षेत्रले भोग्नु परेको समस्या, उद्योग स्थापनाको लागि औद्योगिक क्षेत्रको आवश्यकताबारे चर्चा गरेका थिए । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु ) ले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width