पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
palpali samaj~ (2)

पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. केशरजंग बरालले दसैं तिहार लगायतका पर्वको महत्वबारे प्रकाश पार्दै यी पर्वले आपसमा भाइचाराको सम्बन्ध विकास गर्ने बताए । उनले पाल्पाली समाज पोखराले गरेका गतिविधि प्रशंसनीय रहेको बताउँदै संस्थाको अझ प्रगतिको कामना गरे।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष एवं सल्लाहकारहरु ताराप्रसाद पोखरेल, जगदीश गौतम, नारायणप्रसाद पौडेल, कुलप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बालचन्द्र परियारले स्वागत र महासचिव केशव नेपालले सञ्चालन गरेका थिए । सम्पर्क समाजमा सबैभन्दा जेठो संस्था पाल्पाली समाज पोखराले सदस्यको हितमा विविध गतिविधि सञ्चालन गर्दै आएको छ । संस्थाले सहकारी सञ्चालन गर्दै आएको छ भने छिट्टै पाल्पा हाउस खोल्ने तयारीमा छ।

Related News

सम्बन्धित समाचार

hero news full width