लमजुङ–पोखरा सम्पर्क समितिको शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
lamjung pkr pic Final

पोखरा । लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्थाले दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा सम्पर्क समाज संरक्षक काशिमाया गुरुङले लमजुङेहरु गोलबद्ध भएकोमा खुसी व्यक्त गरिन् । उनले पोखरामा बसेका लमजुङेहरु सुखदुखको सारथि बन्दै अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विश्वलाल श्रेष्ठ, सूर्यप्रसाद बराल, सल्लाहकार तीर्थलाल श्रेष्ठ, शिवलाल रिमाल, कास्की बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राजकुमार दुलाल, सशस्त्र प्रहरी गुल्मका प्राविधिक गुल्मपति लालबहादुर बस्नेत लगायतले शुभकामना राखेका थिए ।

संस्था अध्यक्ष विपीन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपकराज घिमिरेको स्वागत र सचिव पवनराज बसौलाले सञचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width