पोखरा । घुम्न साह्रै सौखिन घाचोकका रामप्रसाद गुरुङ रहरैरहरमा ट्रेकिङ व्यवसायमा लागे । उनी माछापुच्छ्रे १, घाचोकका पहिलो पर्यटन व्यावसायी हुन् । उनले आफ्नै ट्रेकिङ एजेन्सी पनि चलाए । सिजनको बेला पर्यटक बोकेर माछापुच्छ्रे बेस क्याम्प इस्ट पुगिरहन्थे । पूर्वदेखि पश्चिम ट्रेकिङका लागि गए पनि उनलाई माछापुच्छ्रे बेस क्याम्प पुग्न औधी मन पथ्र्यो किनकि त्यो माटो उनको जन्मभूमिको हो । सुरुमा घाचोकबाट हिमालको फेदमा पुग्नेहरुका लागि कास्कीमै पनि नयाँ नयाँ रुट बन्न थाले । तर उनले मर्दी, माछापुच्छ्रेको फेद घाचोकबाटै पुर्याउने गर्थे । उनको मनपर्ने रुटमा पर्यटकको ओइरो नलागे पनि फाट्टफुट्ट पर्यटक भने जान्थे । तर कोरोनाले ट्रेकिङ रुटले पैतालाको स्र्प गर्न पाएको छैन ।
उनी माछापुच्छ्रे बेस क्याम्प इस्टलाई ‘हिडन भ्याली’ उपनाम दिन्छन् । गुरुङ भन्छन्, ‘हिडन भ्याली नेपालमा २ वटा छन्, एउटा धौलागिरीमा अर्को माछापुच्छ्रेको फेदीमा ।’ घाचोकबाट पुग्न ४ दिन लाग्ने उनी बताउँछन् । घाचोकबाट हिंडेको पहिलो रात हिले, दोस्रो रात खुमाई, तेस्रो रात कोर्चुङमा पुगेर चौथो दिनको बिहान बेसक्याम्प पुग्न सकिने उनले जानकारी दिए । खुमाईबाट माथि खान बस्नको व्यवस्था नभएकाले टेन्ट र खानाको भने आफैंले व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् । कोर्चुङसम्म पुग्न सबै बन्दोबस्ती आफैंले गर्नुपर्ने कारण केही समस्या हुने उनले सुनाए । चिसो हावापानीसँग घुलमिल भएकाहरुले ट्रेकिङको रुट छोट्याउन सकिनेछ । माछापुच्छ्रे बेसक्याम्प इस्ट अथवा हिडन भ्यालीबाट मर्दी हिमाल चढ्न पनि सकिन्छ । निकै आकर्षक स्थान भएपनि पर्यटकको रोजाईमा नपरेको गुरुङ बताउँछन् ।
पर्यटकको सिजनमै पनि त्यो रुटले भनेजति पर्यटक भने पाएको थिएन । रुट हुँदै पुगिने ‘हिडन भ्याली’ छायामै परेको महसुस गर्दै स्थानीयले त्यस ट्रेकिङ रुटको प्रवद्र्धनका लागि भन्दै पटकपटक नाम परिवर्तन गराए । तर परिवर्तित नामले हिडन भ्यालीबाट माछापुच्छ्रेको आमनेसामने हुने पर्यटक पाएन । सुरुमा मर्दी हिमाल ट्रेक भनेर नामकरण गरियो । त्यसपछि सन् २००९ मा ट्रेकिङ एजेन्स एसोसिएसन अफ नेपाल (टान) सहयोगमा अरु बेसक्याम्प पनि पुग्न सकिने गरी मोडल माछापुच्छ्रे ट्रेक नामकरण भयो । टानले सहयोग गरे पनि भने जस्तो र सोचे जुस्तो नभएपछि स्थानीय युवा फेरि जागे । कोरोना महामारी सुरु हुनुभन्दा अघि घाचोकका युवाले वडा १ मा मात्र पर्ने गरी ग्रेट माछापुच्छ्रे ट्रेल नामकरण गरे । उनीहरु प्रवद्र्धनमा लागिपरेकै समय कोरोनाले बिचल्यो र ट्रेकिङको प्रचरात्मक काम रोकियो ।
रुट हँुदै पुगिने ‘हिडन भ्याली’ छायामै परेको महसुस गर्दै स्थानीयले त्यस ट्रेकिङ रुटको प्रवद्र्धनका लागि भन्दै पटकपटक नाम परिवर्तन गराए
आजभोलि कोरोनाले पर्यटक नपाएपछि नगएको २ वर्षभन्दा बढी भयो । तर त्यहाँका युवा तल्लिन छन् । उनीहरुकै सक्रियतामा खुमाईसम्म खानबस्न ससाना संरचना पनि बनाएका छन् । ट्रेलका व्यवस्थापन र संरचना निर्माणका लागि युवाले मात्र सम्भव नहुने ट्रेलका सल्लाहकार रुद्रकाजी गुरुङले बताए । ‘पूर्वाधारका लागि हामी स्थानीयले मात्र सकिँदैन,’ उनले भने, ‘यहाँ त सरकारी जग्गा परेको हुनाले सरकार, एक्याप, पालिकासँग समन्वय गर्नपर्ने हुन्छ । किनभने त्यो हाम्रो नियमले त चल्दैन् ।’ पूर्वाधार भएमात्र प्रवद्र्धन हुने भएकाले सम्बन्धित निकायसँग हार गुहार गरिरहेको उनले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले ट्रेल माछापुच्छ्रे गाउँपालिकाको महत्वपूर्ण ट्रेकिङ रुट रहेको बताए । आगामी दिनमा पत्रकार र सञ्चारकर्मीसँग समन्वयन गर्दै जाने उनको भनाइ थियो । पालिकाभित्र अन्नपूर्ण ३,४, माछापुच्छ्रे, मर्दी लगायत हिमालको बेसक्याम्पसम्म ट्रेकिङ गर्न सकिने उनको धारणा थियो । त्यसमध्ये पनि ट्रेल एउटै वडाभित्र परेको कारण महत्वपूर्ण रहेको बताउँछन् । पालिकाबाट ट्रेल प्रवद्र्धनका लागि पहल भए पनि सम्भव नभएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘रुटको सबै ठाउँहरु संरक्षण क्षेत्रभित्र पर्छ, बाटो मात्र बनाएर भएन बासस्थान चाहियो,’ उनले भने, ‘बासस्थानका संरचना बनाउन जमिन चाहियो त्यसका लागि गाह्रो छ ।’ संरक्षण क्षेत्रभित्र परेको कारण मात्र नभएर त्यहाँको वन क्षेत्रका कारण पनि अझ समस्या परेको उनको भनाइ थियो । वन र संरक्षण क्षेत्र केन्द्रको अधिकारको विषय भएकाले संघीय सरकारको निर्णय कुर्नुपर्ने हुन्छ । त्यसका लागि पालिकाले सरकारलाई भन्ने काम मात्र गर्न सक्ने अध्यक्ष गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१