गण्डकी । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको पोखरा महानगरपालिका २२ स्थित भुम्दीका स्थानीयवासी घरबासका माध्यमबाट यहाँको गाउँलाई पर्यटकमाझ पुर्याउने लक्ष्यका साथ क्रियाशील छन् ।
भुम्दी टुनार घरबास (होमस्टे) का नाममा संगठित बन्दै यहाँका ११ वटा घरमा विगत १ वर्षयता घरबास सञ्चालनमा ल्याइएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटक माझ लैजाने दीर्घकालीन सोचका साथ घरबास सञ्चालनमा ल्याइएको अध्यक्ष नानीमाया गुरुङले बताइन् । गत वर्षदेखि घरबास सञ्चालनमा ल्याएसँगै पर्यटकको आकर्षण बढिरहेका अवस्थामा एकाएक विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रकोप र त्यससँगै गरिएको बन्दाबन्दीले आफूहरूको जागरुकतालाई प्रभावित बनाएको उनले बताइन् ।
समुद्री सतहबाट ८ सय मिटर उचाइमा रहेको यस ठाउँबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका मनमोहक हिमाली दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ । गाउँको शिरमा रहेको रामलक्ष्मण थान यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको होमस्टेकी सदस्य एवं भुम्दी टुनार आमा समूहकी अध्यक्ष राधा गुरुङले जानकारी दिए ।
उनका अनुसार यस तीर्थस्थलमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष(बडा दसैं) र चैत्र शुक्ल पक्ष (चैते दसैं)का अवसरमा नवमी तिथिमा विशेष पूजाआजा हुन्छ । उक्त दिनमा कुखुराको बलि दिने गरिएको उनले जानकारी दिए । उक्त दिनमा रामलक्ष्मणको थानमा सिकार खेल्नुपर्छ भन्ने प्राचीन संस्कृति यहाँको अर्को मौलिकता हो । उक्त दिनमा सिकार खेल्नैपर्छ भन्ने प्राचीन मान्यताका कारण स्थानीयवासी जम्मा भएर सिकार खेलेझैं गरी हाहाहुहु गर्दै परम्परालाई धान्दै आएको उनले बताए ।
घरबासमा आउने पर्यटकलाई आफूहरूले यामअनुसारको गाउँमा नै उत्पादित प्रांगारिक तरकारीका साथै विभिन्न परिकार खुवाउने गरेको उनले जानकारी दिए । गाउँमा विभिन्न जातजातिका २७ घरमध्ये ११ वटाले घरबास सञ्चालन गरेको जानकारी दिँदै उनले होमस्टे सञ्चालन नगर्नेले पनि पर्यटकका लागि आवश्यक पर्ने कृषिजन्य उत्पादन तयार गरी लाभान्वित हुने गरेको बताए ।
हिमाली तथा पहाडी दृश्यावलोनको आकर्षक गन्तव्यका रुपमा रहेको यो ठाउँ पञ्चासे पदमार्गमा पर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले बताए ।
पञ्चासे पदमार्गमा जानेका लागि यस स्थानमा विगतमा घरबास सञ्चालन नभएका कारण क्याम्पिङ गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले घरबास भएसँगै पदयात्रीका लागि निकै सहज बनेको बताए ।
३/४ दिनसम्म गर्न सकिने पञ्चासे पदयात्राका साथै पोखराबाट १ दिन हाइकिङका लागि पनि भुम्दी टुनार होमस्टे सहयोगी बन्ने पौडेलको भनाइ छ । उनका अनुसार १ दिन हाइकिङमा जान चाहनेले पामेबाट चापाकोट हुँदै भुम्दी, उल्लेरी हुँदै भुम्दी, ड्यामसाइड हुँदै भुम्दीका साथै खाडेखोलाबाट भुम्दीसम्म एकदिने हाइकिङ गर्न सक्दछन् । भुम्दी टुनार घरबासलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उनले बताए ।
पदयात्राका लागि आउने पर्यटकले रुचाउने प्रांगारिक कृषिजन्य उत्पादनमा यहाँका स्थानीयले जोड दिएको हिमालयन भ्यू टी हाउसका सञ्चालक यामबहादुर गुरुङ (माइला दाइ) ले बताए ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१