होमस्टे महासंघ गण्डकीको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
homestay news photo 3

पोखरा । होमस्टे महासंघ गण्डकी आयोजनामा पोखरामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्दै होमस्टे सञ्चालकहरूको स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहेको बताए । उनले आन्तरिक पर्यटन प्रवद्र्धनका काममा योजनाबद्ध तवरले लाग्न आग्रह गरे । उनले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन आग्रह गर्दै स्थानीय कला, संस्कृतिको पहिचान, संरक्षण र प्रचारप्रसारसँगै स्थानीय गन्तव्यको उचित संम्भार र विकासका कार्यक्रम सञ्चालन आवश्यकता औंल्याउँदै स्थानीय तहहरूले सोही अनुसार नीति कार्यक्रम निर्माण गर्न आग्रह गरे ।

कार्यक्रममा होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष थानेश्वर बस्याल, महासंघकै केन्द्रीय महासचिव कृष्णलाल चौधरी, होमस्टे महासंघ गण्डकीका सचिव कृष्ण तिमिल्सिना, भुम्दी आमा समूह अध्यक्ष राधा गुरुङ, भुम्दी टुनार सामुदायिक होमस्टे अध्यक्ष राम गुरुङ सहितले मन्तव्य व्यक्त गरे ।

होमस्टे महासंघ गण्डकी अध्यक्ष धनिराम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन खनाल र सञ्चालन होमस्टे महासंघ गण्डकीका निवर्तमान अध्यक्ष हरिलाल पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width