पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
homestay news photo 3

म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीलाई पर्यटकमैत्री सेवासम्बन्धी आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेस्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार सम्पन्न भएको हो ।

व्यवसायी र कर्मचारीलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिममा कालीगण्डकी करिडोरअन्तर्गतका पर्वत, बागलुङ, मुस्ताङ, म्याग्दी आसपासका समेत गरी ६० जना पर्यटनकर्मीको सहाभागिता थियो ।

छिमेकी मुलुक चीनको उत्तरी नाका कोरलादेखि दक्षिण छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोरमा सञ्चालित होटल लक्षित तालिम आयोजना गरिएको हो । उक्त करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने मुलुकको अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिममा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रबद्र्धन, स्थानीय उत्पादनको व्यावसायीकरणलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको एकीकृत रणनीतिक कार्य योजना

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास…
  • इन्स्पेक्टर पौडेलद्वारा सगरमाथाको आरोहण

    आदर्श समाज सम्वाददाता जेठ ९, २०८१
    पोखरा । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) का प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्…
  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग