पोखरा । लोकगायक धनबहादुर गायकको ६० औं जन्मजयन्तीको अवसरमा स्मृति प्रतिष्ठान एवं मौलिक बाजा संरक्षण पाठशाला गठनबारे छलफल भएको छ ।
गायक परिवारले सोमबार कार्यक्रम आयोजना गरी धनबहादुर गायक स्मृति प्रतिष्ठान एवं मौलिक बाजा संरक्षण पाठशाला गठनबारे छलफल गरेको हो । छलफलमा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले स्व. धनबहादुर गायक गज्जबको रमाइलो व्यक्ति भएको बताए । गन्धर्व समुदायलाई स्थापित गर्ने विषयमा स्व. गायकको सहयोग अतुलनीय रहेको थापाको भनाइ छ । स्मृति प्रतिष्ठान बनाउन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले व्यक्ति मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने बताए । सिर्जना नमर्ने गरी सधैं ताजा बनाउन प्रतिष्ठानले सहयोग पुर्याउने भएकाले छिटोभन्दा छिटो प्रतिष्ठान गठन गरेर अघि बढ्नुपर्ने बताए । त्यतिबेला सञ्चारको काम गर्ने गन्धर्व समुदायलाई अब सञ्चारले सहयोग गर्नुपर्ने धारण राखे । जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठले देशको सिंगो संगीत जोगाएको बाटुलेचौरमा स्व. गायकको नाममा प्रतिष्ठान आवश्यक रहेको सुनाए । प्रतिष्ठान बनेपछि छात्रवृत्ति दिएरै सारंगी सिकाउने भन्ने शब्दमा मात्र होइन, व्यावहारमै लागु हुने उनले बताए ।
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले गीत संगीत राष्ट्रको गहना भए पनि सर्जकको पीडा सरकारले नबुझेको गुनासो गरे । ‘हामी राष्ट्रको गहना होइनौं, सहयोगी हौं,’ उनले भने, ‘सहयोगी बन्दै राज्यको हरेक सुख दुखमा सहकार्य गर्न तयार छौं ।’ स्व. गायकको नाममा बन्ने प्रतिष्ठानका लागि लोक दोहोरी प्रतिष्ठानबाट आर्थिक, नैतिक र भौतिक सहयोग गर्न तयार रहेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
भ्यालेन्टाइन्स डे अवसरमा ‘द एज’ र ‘स्वर’ ब्याण्ड एकसाथ
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सञ्जीव पालको निधनले तारादेवी–अरुणा लामा स्मृति स्रष्टा साँझ स्थगित
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
गायन र नृत्य जित्नेलाई एक करोड
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१