dGqLx?sf] zky sf7df8f}F, @& r}t M /fi6«klt sfof{no z’qmaf/ zLtn lgjf;df gjlgo’Qm dGqLx? pmhf{dGqL 6f]kaxfb’/ /fodfemL, pBf]udGqL n]v/fh e§, >d tyf /f]huf/dGqL uf}/Lz+s/ rf}w/L / zx/L ljsf;dGqL k|e’ ;fx zky u|x0f ub}{ . t:jL/M k|bLk/fh jGt÷/f;;
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जनाले मन्त्री पदको पुनः शपथ लिएका छन्। शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथग्रहण गराएकी हुन्।
नेकपा एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका तत्कालीन सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि उनीहरूले पुनः शपथ लिएका हुन्।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मुख्य सचिव शंकरदास बैरागी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायतको उपस्थिति थियो।
माओवादी केन्द्र छोडेर उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए।
यसअघि माओवादी केन्द्रले उनीहरू चारै जनालाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि माओवादी केन्द्रले उनीहरूलाई सांसद्बाट हटाउन सिफारिस गरेको थियो।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु पदमुक्त भएको जानकारी दिएका थिए। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
सांसद पद नभई मन्त्रीमा नियुक्त भएका उनीहरुको कार्यकाल ६ महिनाको हुनेछ। कार्यकाल बढाउनका लागि उनीहरु कुनै पनि माध्यमबाट संघीय संसदको सदस्य भएको हुनुपर्नेछ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१