पोखरा । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) ले गुरुङ चलचित्र निर्माण हुन थालेको २५ वर्षपछि हलमै प्रदर्शन गर्ने व्यवस्था मिलाएको हो । यसअघि गुरुङ समुदायमा मात्रै सीमित गुरुङ चलचित्रलाई अब आम नेपालीले हेर्न पाउने भएका छन् । पोखराको मिडटाउन सिनेमाजसँग जिफानको निरन्तर प्रदर्शन गर्ने सहमति भएको छ । कोभिडले थला परेको चलचित्र क्षेत्रलाई बिस्तारै माथि उकास्ने काम भाषाभाषीका चलचित्रबाट माथि उठ्ने अपेक्षा गरिएको छ ।
मेनस्ट्रिमका सिनेमा प्रदर्शन गर्न डराइरहेका बेला पोखराबाट बनेका गुरुङ चलचित्र प्रदर्शन हुन थालेका छन् । केही समय अघि छायाँङ्कन सकेर च्यारिटी गरिरहेको चलचित्र शिरसुबा चैत ६ गतेबाट आम दर्शकले मिडटाउन सिनेमाजमा हेर्न पाउने भएका छन् । चैत २ गते उक्त चलचित्रको विशेष सो देखाइएको थियो ।
चलचित्र हेरेपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिरसुबा सामाजिक घटनामा आधारित यथार्थपरक चलचित्र भएको टिप्पणी गरे । उनले चलचित्रसँग २ घन्टा दर्शकलाई भुलाउने क्षमता रहको प्रतिक्रिया दिए । उनले भने,‘गुरुङ चलचित्र हलमा प्रदर्शन हुँदा खुसी लागेको छ । हिजो समुदायमा मात्र सीमित गुरुङ चलचित्रलाई आज आम जनमानसले हेर्ने पाउनेछन् । यो राम्रो कुरा हो । गुरुङ समुदायभित्रको संस्कृतिलाई प्रचारप्रसार गर्न चलचित्रले टेवा पु¥याउने छ । भाषाभाषीका चलचित्रको उत्थानका लागि गण्डकी प्रदेश सधैं साथमा छ ।’
चलचित्र निर्देशक घनश्याम लामिछानेले शिरसुबा हर नेपालीको कथा भएको उल्लेख गरे । माओत्से गुरुङको निर्देशकीय पक्षमा उनले कतै खोट देखेका छैनन् । बिस्तारै अब प्राविधिक कुरामा समेत भाषाभाषीका चलचित्रले ध्यान दिनुपर्ने उनको सुझाव छ । चलचित्र हेर्दा आफ्नो वा आफ्नो परिवारमा भएगरेका घटनाको सम्झना दिलाउने प्रतिक्रिया उनको छ ।
नायिका प्रीति गुरुङले माओत्से गुरुङको निर्देशनमा काम गर्दा सिक्ने वातावरणको सिर्जना भएको बताइन् । यो उनको दोस्रो चलचित्र हो ।
माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र शिरसुबामा नायक सुमीत गुरुङ र नायिका प्रीति गुरुङको मुख्य अभिनय छ । पर्यटकीय गाउँ घान्द्रुक र हङकङका केही स्थानमा छायाँङ्कन गरिएको चलचित्र शिरसुबाको विषयमा जानकारी गराए । सीमित लगानीमा बनेको चलचित्रमा गुरुङ समुदायका कथा व्यथालाई उतार्न खोजिएको उनले जानकारी गराए ।
चलचित्र प्रेम कथामा आधारित छ । पढ्दै गरेको युवा पारिवारिक समस्याका कारण विदेशिनु पर्दाको पीडा र त्यसले प्रेममा पारेको प्रभावका विषयमा चलचित्र केन्द्रित भएको देखिन्छ । हाम्रै वरिपरिको समाजमा भएगरेका घटनालाई चलचित्रमा उठाउन खोजिएको निर्देशक गुरुङले बताए ।
चलचित्रको विशेष शोमा गुरुङ फिल्म एसोसियसन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, कलाकार, पत्रकारसहितको बाक्लो उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
मिसिङः केटी हराएको सूचना रिलिज
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
नारायणगोपालको जीवनीमा फिल्म बन्ने
‘अग्निदहन’ यूनिट प्रचारमा
शुक्रबारदेखि फिल्म ‘आँखा’
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१