लेखनाथ, २४ कार्तिक । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा निर्वाचनको सिलसिलामा लेखनाथ आईपुगेका नवलपुर, देवचुली उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग बाणिज्य संघका बिच सहकार्य गर्ने सहमति भएको छ ।
आसन्न निर्वाचनको सिलसिलामा सोमवार सम्पन्न स्वागत तथा छलफल कार्यक्रममा तिनवटा उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी दिनमा सहमती र सहकार्यका साथ अगाडी वढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा बोल्दै देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले महासंघको चुनावले हामीहरुलाई एक आपसमा भट्ने र मित्रताको भाव बढाउदैं अनुभव साटासाट गर्ने अवसर प्रदान भएको र यो संम्वन्ध चुनावका लागि मात्र नभई आागामी दिनका लागी झन् प्रगाण हुने विश्वास दिलाए।
यसैगरिे लेखनाथ उद्योग उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले एकतामा नै बल हुने भएकाले एकताबद्ध भई उद्योगी ब्यवसायीहरुको हितमा काम गर्न यस्ता किसिमका भेटघाट तथा छलफल फलदायि हुने र यस कार्यक्रमबाट आफुहरुलाई हौसला र थप सहयोग मिलेको धारणा राखेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा महासंघको ५४ औं बार्षिक साधारण सभामा गण्डकी प्रदेश प्रतिनिधि केन्द्रिय सदस्य पदमा उमेदवारी दिनु भएका बाबुराम गिरीले सबैकाे साथ र सहयोगले आफुलाई थप जिम्मेवार बनाएकाले आगामी दिनमा सल्लाह र सुझाव अनुसार नै अगाडी वढ्ने विश्वास दिलाए ।
महासंघको यहि मंसिर ११, १२ र १३ मा काठमाडौमा हुने ५४ औ बार्षिक साधारण सभा तथा अधिबेसनका लागि चुनावी प्रचार प्रसारको अभियान तिव्रताका साथ अगाडी वढिरहेको छ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१