पोखरा, १८ असाेज । तिलकप्रसाद पुर्जा पुनको नियात्रासङ्ग्रह ‘बस्तीभित्र’ लोकार्पण भएको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शुक्रबार एक समारोहमा सो पुस्तक लोकार्पण गरेका हुन् ।
मन्त्री लम्सालले प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिएको बताए । ग्रामीण पर्यटन प्रवद्र्धनमा लोकार्पित पुस्तक सहयोगी साबित हुने बताउँदै उनले यस्ता पुस्तक पर्यटन क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्ने उल्लेख गरे । पुस्तक पढेपछि समाजको गहिराइसम्म पुग्न सकिने बताउँदै मन्त्री लम्सालले पाठकका लागि महत्वपूर्ण दस्तावेज दिएकोमा लेखक पुनलाई धन्यवाद दिए ।
पत्रकार तथा लेखक समेत रहेका स्रष्टा पुनले आफूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्दाका बखत अनुभूति गरेका विषय नियात्रामार्फत् पस्किने प्रयास गरेको बताए । जीवन आफैंमा यात्रा भएको भन्दै पुनले यात्राका क्रममा पाएका अनुभवहरू समेत संगालेर पुस्तकाकारका रुपमा पाठकमाझ ल्याएको उल्लेख गरे ।
नेपाल मगर संघ, कास्की अध्यक्ष संगीता पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछा, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुन, प्रकृतिका अभियन्ता सन्तबहादुर घिसिङ, पर्यटन व्यवसायी लक्की कार्कीलगायतले लेखक पुनले नेपाली समाजको वास्तविकलाई नजिकबाट नियालेर पुस्तक प्रकाशन गरेको उल्लेख गरेका थिए ।
पुस्तकमाथि पत्रकार रूद्रबहादुर श्रीसले समीक्षा गरेका थिए भने पत्रकार श्रीराम सिग्देलले लेखकको परिचय दिए ।
लेखक पुनकी ममतामयी माता जीतिमाया पुनको चौथो वार्षिक पुण्यतिथि सन्दर्भमा लाकार्पण गरिएको सो पुस्तकमा ३४ वटा नियात्रा समेटिएका छन् ।
Related News
सम्बन्धित समाचार
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
पर्यटनको विकासमा संगीतको महत्व उच्च
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१