पोखरा, १७ असोज । पोखरा चेम्बर अफ कमर्स फेवा इकाइको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले सभाको उद्घाटन गर्दै कोभिड १९को कारण सिथिल पर्यटन क्षेत्रलाई उकास्न सरोकारवालाहरुको समन्वयन र सहकार्य आवश्यक भएको बताए । कोभिड–१९ को कारण मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले सहुलियतमा ऋण प्रदान गर्नु पर्ने चर्चा गर्दै उनले निजी क्षेत्रको लागि राहत दिन प्रदेश सरकारले पुनर्जिवन कोषको व्यवस्था गरेको जानकारी दिए । उनले अहिलको अवस्थामा पर्यटन व्यवसायीले कमाउने भन्दा व्यवसाय जोगाउने अवस्था आएको बताए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मौद्रिक नीतिले मारमा परेका व्यवसायीलाई राहात तथा पुनस्थापनाको लागि राम्रो व्यवस्था गरे पनि बैंकहरुले कार्यान्वयनको लागि तदारुकता नपनाएको बताए । पर्यटन क्षेत्रलाई विशेष राहात प्याकेज ल्याउन आग्रह गर्दै उनले व्यवसायीलाई ब्याज तिर्ने समय सिमा थप गर्न अनुरोध गरे । घर भाडमा लिएर पर्यटन व्यवसाय गर्नेले भाडमा छुट नपाएको दावी गर्दै उनले आफ्नै लगानीका व्यवसायीले ब्याजका छुट पाउन नसकेको बताए । उनले राज्य र व्यवसायीले आन्तरिक पर्यटकलाई बढवा दिनु पर्ने धारणा राखे ।
फेवा इकाईका अध्यक्ष कमल भुजेलले पर्यटकीय क्षेत्र लेकसाइडलाई आधार मानेर पोखरा महानगर वडा नम्बर ५,६,१८, २३ र २४लाई भौगोलिक कार्यक्षेत्र बनाएर फेवा चेम्बर गठन गरेको जानकारी दिए । ईकाइमा अहिले १सय सदस्य रहेको जानकारी दिदै उनले संगठन विस्तार गरेर १ हजार सदस्य पु¥याउने कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६का अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका सल्लाहाकार विष्णुबहादुर भट्टराई, फेवा ईकाईका उपाध्यक्ष नवराज अधिकारी, महासचिव तुलसी दाहालले लगायतका वक्ताले मन्तव्य राखेका थिए । कार्यक्रममा फेवा ईकाइका साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१