कोभिड–१९ का कारण एकै दिनमा १४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
Corona

Representative Photo

पोखरा, १४ भदौ । नेपालमा कोरोना संक्रमणबाट एकै दिनमा १४ जनाको मृत्यु भएको छ । यो संख्या एकै दिनमा ज्यान गुमाउनेमा सबैभन्दा ठूलो संख्या हो।

मृत्यु हुनेमध्ये ४ महिला र १० पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमा जनाइएका अनुसार योसहित नेपालमा २ सय २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ भने सुनसरीका ६० वर्षीय, मोरङका ६२, महोत्तरीका ३५ र ७०, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपुरका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी, गएको २४ घण्टामा १ हजार २ सय २१ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष छन् । काठमाडौं उपत्यकामा हालसम्मकै धेरै ४ सय २९ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

आइतबार २ सय ६७ जना निको भएका छन् । हालसम्म कुल २० हजार ८ सय २२ जना निको भएका छन् ।

५ सय बढी संक्रमित रहेको जिल्लाहरु ११ र शून्य संक्रमित रहेका जिल्लाहरु २ मात्र छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width