बागलुङ, २५ असार । बागलुङ जिल्लामा बुधबार एकै दिन ४२ जनाले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।धौलागिरि अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका हुन्।
यसअघि अघिल्लो साता पनि एकै दिन ५३ जनाले कोरोना संक्रमण निको भएर घर फर्किएका थिए। विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका उनीहरुको दोस्रो पटकको स्वाब संकलनमा पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका ३५ जनालाई केन्द्र प्रमुख डा. मिलन मल्लले बताए ।
डिस्चार्ज भएका सबैलाई १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनिएको छ। बुर्तिवाङबाट डिस्चार्ज हुनेमा ७ महिला छन्। यस्तै बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ पुरुष छन्। धौलागिरि अस्पतालबाट डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना रहेका छन्।
जिल्लामा बुधबारसम्म संक्रमित संख्या २ सय ११ पुगेको छ। जसमध्ये १ सय ५७ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ५४ जना मात्रै आइसोलेसनमा वार्डमा बसेर उपचार गरिरहेको धौलागिरि अस्पतालले जनाएको छ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१