कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७९
Corona Banner

पोखरा । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

लगभग शून्यमा झरेको कोरोना केही दिनयता बढिरहेको छ। कोरोनाबाट आज भएको मृत्यु पनि तीन महिनापछिको हो।

पछिल्लो २४ घण्टामा २४ सय ३६ नमुना परीक्षण गरिएको थियो। ४७६ पीसीआर गर्दा ७४ जना र १९ सय ६० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो।

यसैगरी २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् भने ४२ हजार ४९७ जनाले कोभिडको खोप लगाएका छन्। आजको दिनमा देशभर ४६९ जना सक्रिय संक्रमित छन्। यीमध्ये संस्थागत आइसोलेसनमा २४ जना छन्। अस्पतालका आइसीयूमा १३ जना छन् भने भेन्टिलेटरमा ५ जना उपचाररत छन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width