कोरोनाको उद्गमस्थल  चीनको वुहानमा फेरि लकडाउन

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७९
Corona Banner

बेइजिङ। चीनको हुबई प्रान्तको वुहानमा पुनः लकडाउन गरिएको छ । चार जनामा कोरोना संक्रमण देखिएपछि वुहानको जियांग्सिया जिल्लामा लकडाउन गरिएको हो । संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको चिनियाँ जनस्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

करिब १० लाख जनसंख्या रहेको जियांग्सियाका स्थानीय बासिन्दालाई ३ दिनसम्म घरभित्रै बस्न भनिएको छ । १ करोड २० लाख जनसंख्या भएको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण हुँदै आएको छ । नियमित परीक्षणकै क्रममा २ दिनअघि २ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा थप २ जनामा संक्रमण पुष्टि भएपछि लकडाउन घोषणा गरिएको हो ।

वुहान कोरोना भाइरसको उद्गमस्थल हो । सन् २०१९ को डिसेम्बरमा वुहानमा पहिलो पल्ट कोरोना भाइरस देखिएको थियो । सुरुमा वुहान कोरोनाको उद्गमस्थलका रूपमा विश्वसामु चिनिए पनि पछिल्लो समय भने चीन कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने मुलुकका रूपमा चिनिएको छ ।

कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणमा चीनले कडा नीति अपनाएको छ । ‘जिरो कोभिड’ रणनीतिअन्तर्गत चीनले ठूलो मात्रामा परीक्षण, आइसोलेसन र स्थानीय स्तरमा लकडाउन गर्दै आएको छ । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि चिनियाँ रणनीति विश्वकै प्रभावकारी मानिन्छ । जसका कारण स्वास्थ्य क्षेत्र सबल मानिने अन्य मुलुकको तुलनामा चीनमा कोरोनाका कारण कम मानवीय क्षति भएको छ ।

वुहानमा पहिलो पटक कोरोना पुष्टि भएपछि नै लकडाउन गरिएको थियो । सुरुमा उक्त कदमको विश्वभरबाट आलोचना भए पनि संक्रमण उच्च तहमा विस्तार हुन थालेपछि सबैजसो मुलुक र प्रमुख सहरहरूले यही कदमको अनुसरण गरेका थिए । चीनले सुरुवातदेखि नै संक्रमण विस्तारलाई रोक्न प्रभावकारी कदम चालेकाले त्यहाँ ठूलो क्षति हुन नपाएको समेत विश्लेषण हुँदै आएको छ । स्थानीयस्तरमा हुँदै आएको लकडाउनले स्थानीयको दैनिकी र व्यापार व्यवसायमा गहिरो असर परिरहेको भन्दै पछिल्लो समय भने उक्त कदमको आलोचनासमेत हुँदै आएको छ ।

गत महिना मात्रै चीनकै आर्थिक राजधानी मानिने सांघाईमा २ महिना लामो लकडाउन अन्त्य गरिएको थियो । साढे २ करोड जनसंख्या रहेको उक्त सहर लगातारको सामूहिक परीक्षणपछि अहिले ‘न्यु नर्मल’ को अवस्थामा फर्किसकेको छ ।

चीनभर वर्षको सुरुवातमा खोप अभियानमा सुस्तता आए पनि अहिले तीव्रता दिइएको छ । संक्रमण दरकै आधारमा अझै पनि यात्रा अनुमति, खेल, जागिरदेखि दैनिक कामकाजमा समेत नियन्त्रण राख्दै आएको छ । खोप विकाससँगै अन्य मुलुक र सहरले कोरोना महामारीसँग जुझेरै अघि बढ्नुपर्ने भन्दै सोहीअनुसारको नीति बनाई कार्यान्वयनमा ल्याइरहँदा चीनले झने अझै उच्च तहको सतर्कता र परीक्षण अभियानलाई निरन्तरता दिइराखेको छ । स्वास्थ्य सेवा, जनशक्ति र अस्पतालको क्षमता अभिवृद्धि गरिरहेको छ । विश्व अर्थतन्त्र कोरोना महामारीको चपेटामा परे पनि चीनले बलियो स्वास्थ्य नीति र कार्यान्वयनकै बलमा आफ्नो अर्थतन्त्रलाई थप बलियो बनाउनसफल भएको छ ।

कोरोना संक्रमण फैलन नदिन र उत्पादन दर खस्किन नदिन चिनियाँ कम्पनी र उद्योगहरूले ‘क्लोज्ड लुप सिस्टम’ मा काम गरिरहेका छन् । जसमा कर्मचारीको परिवार वा बाह्य व्यक्तिसँग न्यूनतम मात्रै सम्पर्क हुन्छ । कर्मचारीलाई उद्योगमै रहने व्यवस्था मिलाई उत्पादन घट्न नदिने नीति अपनाइएको छ । जसका कारण चिनियाँ अर्थ व्यवस्था चलायमान भइराखेको छ ।

अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म चीनमा कोरोनाबाट १४ हजार ७ सय २० जनाको मृत्यु भएको छ भने करिब २२ लाख जनामा संक्रमण पुष्टि भएको छ । एजेन्सीको सहयोगमा

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width