गण्डकीमा थप एकमा काेराेना पुष्टि, संक्रमित संख्या ११५ पुग्याे

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७७
covid 19 corona banner

पाेखरा, २६ जेठ। पोखरा महानगरको आइसोलेशनमा बसेका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

भारतको दिल्लीबाट आएका ४२ बर्षको पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जनाएको छ।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या ११५ पुगेको छ ।

सच्चाइएको : यो समाचारमा अघिल्लो अपडेटमा ‘उनी वडा नं ९ का वासिन्दा हुन्’ भनिएकोमा सच्चाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width