जातीय विभेद आरोपमा पक्राउ परेका तीन जनालाई बुधबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका अधिवक्ता दण्डपाणि शर्माको एकल इजलासले राम जिसी भन्ने रामबहादुर घर्ती क्षेत्री, जनक थापा क्षेत्री र देववहादुर थापालाई जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
वादीको तर्फबाट बहस गरेकी अधिवक्ता वीनिता नेपालीले उनीहरुलाई अदालतले १ लाख ७० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जानकारी दिइन् । ९ दिनदेखि थुनामा रहेका तीनै जना बुधबार नै धरौटी बुझाएर रिहा भएका छन् ।
पोखरा–१६, बाटुलचौरमा सार्वजनिक जग्गामा निर्मित किरियापुत्री भवन प्रयोगका लागि स्थानीय मोहन सुनारले चाबी माग्दा जातीय विभेद गर्दै नदिएपछि उनीहरुविरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसूर मुद्दा दायर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले गत २३ वैशाखमा उनीहरुलाई पीडितको चर्को दबाबपछि मात्र पक्राउ गरेका थियो ।
सो मुद्दामा पीडिततर्फबाट अधिवक्ता वीनिता नेपाली सहित अर्का अधिवक्ता शिवबहादुर सुनार र अधिवक्ता वेदनाथ भण्डारीले बहस गरेका थिए । वादीको तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता गुरुप्रसाद वाग्ले र सहन्यायाधीवक्ता महेन्द्रप्रसाद अधिकारीले समेत बहस गरेका थिए ।
प्रतिवादीतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ र शालिग्राम भट्टराईले बहस गरेका थिए ।
पोखरा महानगरपालिका, पोखरा १६ को लगानीमा सार्वजनिक स्थानमा स्थानीय क्षेत्री समुदायले बनाएको भवन केही व्यक्तिले मोहनको परिवारलाई दिन नहुने भन्दै विरोध जनाएर वञ्चित गरेपछि घटनाले ठूलो रुप लिएको हो ।
सो विषयलाई लिएर गण्डकी प्रदेश सांसद एवं नेकपा कास्की अध्यक्ष कृष्ण थापा समेत जातीय विभेदको पक्षपोषण गरेको भन्दै विवादमा तानिएका थिए । उनले पछि पुनः विज्ञप्ति जारी माफी समेत मागेका छन् ।
भाइ समरको वैदेशिक रोजगारीक्रममा उतै निमोनियाबाट मृत्यु भएपछि पीडित मोहनले भतिज मनोजलाई राख्न किरियापुत्री भवन प्रयोगका लागि चाबी माग्दा नपाएपछि जातीय भेदभावले सो रुप लिएको थियो ।
यो पनि पढ्नुहोस् ।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
सामाजिक सञ्जालबाट पोखरामा ५७ लाख लुटियो
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१