नयाँ वर्षको दिन आन्तरिक एवं बाह्य पर्यटकले खचाखच हुने गरेको पर्यटकीय सहर पोखरा यसपालि भने सुनसान बन्यो । पोखराले त्यस्ता कुनै पर्यटकबिनै नेपाली नयाँ वर्ष २०७७ को निरस स्वागत गर्याे ।
इतिहासमै यसरी पहिलो पटक हो–बिनापर्यटक नयाँ वर्षको स्वागत । अघिल्लो वर्ष यसबेला पोखराको फेवाताल किनार बसुन्धरा पार्कमा पश्चिमाञ्चल होटल संघ (हान) को आयोजनामा नव वर्ष फेवा महोत्सव हुने गर्दथ्यो ।
नेपाली नयाँ वर्षको स्वागतार्थ महोत्सवकै अवसरमा फेवाताल किनारमा मध्यरात पर्खिएर सर्वसाधारणहरु आतिशबाजी तथा पटाकासहित नयाँ वर्षको भव्य स्वागत गर्दथे । सोको लागि पोखरा सहित छिमेकी जिल्ला तथा टाढा टाढाबाट पनि मानिसहरु पोखरा ओइरिन्थे ।
तर यसपालि विश्वभर नै महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को असर तालनगरीसम्म आइपुग्यो । यो सहर पनि यसबाट अछूतो रहेन । यहाँ अघिल्ला २ महिनादेखि नराम्ररी पर्यटन व्यापार खस्किएको छ ।
नेपाल सरकारले हाल ११ चैतदेखि लागू हुने गरी देशभर आह्वान गरेको लकडाउनका कारण मानिसहरु घरभित्रै छन् । बाहिर निस्कन पाएका छैनन् । मेला महोत्सव त हुने कुरै पनि भएन ।
पोखराका विभिन्न पर्यटकीयस्थल सुनसान छन् । धार्मिक पर्यटकीयस्थलमा समेत दर्शनार्थी छैनन् । फेवातालमाथि डुंगा चल्न पाएका छैनन् । यसबीचमा पोखरामा भए गरेका करिब ५ सय बढी विदेशी पर्यटक पनि सम्बन्धित देशको दूतावास सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार पोखरा यसरी पहिलो पटक मारमा परेको हो । नयाँ वर्ष पर्यटकबिनै स्वागत गर्नुपरेको निरस दिन रह्यो, उनी भन्छन् ।
पोखराको पर्यटक चलायमान हुन थालेको सन् १९६० देखिमात्र हो । सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण मौरिस हर्जोगको टोली आरोहणमा जाने क्रममा यहाँ बास बसेका थिए ।
यसरी क्रमशः पोखरा पदयात्रा वा हिमाल आरोहण जानेक्रममा आराम गर्ने थलोका रुपमा विकास हुँदै जाँदा यहाँको पर्यटनले गति लिएको बूढापाका बताउँछन् ।
यहाँको पर्यटन विकासमा विनासकारी भूकम्प, नाकाबन्दी, हुदहुद, अन्नपूर्णको हिमपहिरो जस्ता विभिन्न कारणले असर पार्यो । विगतको तुलनामा अहिले सबैभन्दा बढी परेको पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।
पोखरा विशेषतः फेवाताल र माछापुच्छेले विश्वभरि चर्चित छ । माछापुच्छेको छायाँ तालमा पर्नु यहाँको विशेषता हो । फेवाताल सहित बेगनासताल, रुपाताल, खास्टे, दिपाङ, मैदी, न्यूरेनीसहित विभिन्न ९ ताल, मठमन्दिर, गुफा, सेती नदी पोखराका प्रमुख पर्यटकीय आकर्षण हुन् ।
दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूप, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट छन् भने महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, पाताले छाँगो मानिसहरुको दैनिक भीडभाड हुने थलो हो ।
पोखराको अर्को चर्चित क्षेत्र विन्ध्यवासिनी मन्दिर एवं तालबाराही मन्दिर कोरोनाकै कारण दर्शनका लागि बन्द गरिएको छ ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१