नवलपरासी, २५ चैत्र । कोरोनाको त्रासका कारण नेपालमा लकडाउनको समय लम्बिदै गएपछि नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा यस बर्ष स्थगित भएको छ ।
हरेक वर्ष चैत्र पूर्णिमा दिन गरिने संसारी पूजा यस बर्ष चैत्र २६ गते परेको थियो । यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ । श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरको सचिव पतिराम थनेतले कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समर्थन गर्दै यस बर्षको संसारी माइको पूजा स्थगित गरिएको बताए ।
नवलपुर र चितवनका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कृतिपुरमा बास बसी २६ गते अर्थात चैत्र पूर्णिमाको दिन संसारी माइको पुजा गर्ने गरिन्थ्यो । सोही स्थानमा पाँच बर्षमा एक पटक भने कन्तरी माइको पूजा गर्ने प्रचलन थारु समुदायमा रहेको छ । रोगव्याधी अन्त्यको लागि थारु समुदायले कन्तरी माइ र संसारी माइको पूजा गर्ने गर्दछन् । चैत्र पूर्णिमाको दिन अर्थात चैत्र २६ गते स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थिति विना पूजारी मात्र बसेर गरिने भएको थनेतले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१