बागलुङ, चैत १५ काेराेना भाइरसकाे संक्रमण फैलिन सक्ने अfशंकामा सरकारले देश लकडाउन गरेपछि बागलुङ नगर खानेपानीकाे लिफ्टिङ याेजनामा काम गर्ने मजदुर सदरमुकाममा अलपत्र परेकाे खबर संचार माध्यममा आएपछि राहत पाएका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ३ कैलाम पाेखरी राटमाता लिफ्टिङ खानेपानी योजनाको जिम्मेवारी लिएको जय मता कन्काइ जेबी निर्माण कम्पनीका निर्माण ब्यबसायीले जिल्लामा काम गर्ने आफ्नाे मजदुरलाई संकटको बेला खाना खान चामल दाल नुन तेल र ३० हजार रूपैयाँ नगद दिएका छन् ।
देश लकडाउन भएपछि १४ जना मजदुर अलपत्र परेका थिए संचार माध्यममा खबर आएपछि रकम र रासन पाएकाे प्रेम बहादुर शाहीले बताए ।असाेज देखि खानेपानी आयाेजनामा काम गर्दै आएका मजदुरले अहिलेसम्म काम गरेको पारिश्रमिक समेत पाउन नसकेको गुनासो अाएपछि तत्कालकाे लागि थाेरै भएपनि राहत मिलेको शाहीले बताए ।अहिले घर जाने अबस्था पनि छैन काम गर्ने अबस्था पनि छैन कम्पनीले दुखकाे बेलामा बेवास्ता गरेपछि पत्रकार गुहारेपछि मात्र समाधान भएको उनलेे बताए ।
काेराेनाकाे कारणले अहिले काम गर्ने वातावरण नभएको हुदा समस्या आएकाे हाे आफ्नाे साइडमा काम गर्ने मजदुरलाई खाना खुवाउने ब्यबस्था मिलाउने जयमाता कन्काइ जेबी निर्माण कम्पनीका गाैतम भुसालले बताएका थिए ।
दैनिक राेजगारी गरेर खाने मजदुरकाे यतिबेला काम बन्द भएपछि बिहान बेलुकी खान समेत मुश्किल भएको छ ।
बागलुङ नगरपालिका भित्र खानेपानी अपुग भएको भन्दै बागलुङको काँठेखाेलाकाे कैलम पाेखरी बाट लिफ्टिङ गरेर खानेपानी ल्याएर उपभोक्ता लाई खुवाउने योजना नगर खानेपानी तथा सरसफाइमा उपभोक्ता समितिले बनाएको छ ।अहिले काेराेनाकाे कारणले अायाेजनाकाे सबै काम ठप्प हुन पुगेको छ । काेराेनाकाे कारणले योजना केही समय लम्बिने देखिएको छ ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१