नाटक ‘यो कस्तो महाभारत’

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
natak

पोखरा । पोखरा थियटरमा शुक्रबारबाट ‘यो कस्तो महाभारत’ नाटक मञ्चन हुँदैछ । दीपक पराजुलीले लेखेको सो नाटक फागुन ९ देखि २४ सम्म मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतिको यो नाटक मंगलबार बाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत हेर्न पाइने थिएटर अध्यक्ष परिवर्तनले जनाए ।

नाटक पञ्चसुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार हुँदैछ । गुरुङको यो डेब्यु निर्देशन हो । निर्देशक गुरुङले नाटक उत्कृष्ट बनेको बताए । ‘छोटो समयमा कलाकारले गरेको मेहनतका कारण नाटक राम्रो बनेको छ’ उनले भने ।नाटकमा धृतराष्ट्र र अश्त्थामाको भूमिकामा निश्चल विमल, सञ्जयको भुमिकामा रोशन ज्ञवाली, भीष्मपितामहको भूमिकामा रमेशबाबु तिमिल्सिना, दुर्योधनमा नवराज गिरी, शकुनीमा विष्णु तिमिल्सिना, यूधिष्ठिरमा राजेन्द्र अधिकारी, अजुर्ननमा सरोज तिवारी, काशी नरेशमा सुमन तिमिल्सिना, सहदेवमा गौरव पौडेल, कर्णमा एमडि काफ्ले, सैनिकमा अञ्जन रोका, प्रतीक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गर्नेछन् । एक घण्टा लामो यो नाटकले दर्शकको मन जित्ने विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width