पोखरा । नेपाली चलचित्र ‘पर्खी बसेँ’को नयाँ सिरिज बन्नने भएको छ ।
गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा फिल्म ‘पर्खी बसेँ–२’ निर्माण गर्न लागेको हो ।
गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको विनोद सापकोटाले फिल्म निर्माणका लागि विहीबार सम्झौता गरेका छन् । चलचित्रमा निकिता र विनोद निर्माता रहने छन् भने प्रदीप दाहाल र तिर्थप्रसाद पौडेल सह–निर्माताको रुपमा रहनेछन् ।
२०६४ को चैत्र अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसेँ’लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यस दोस्रो सिरिजको निर्देशन भने चलचित्र ‘लभ डायरिज’का निर्देशक सौभर चौधरीले गर्नेछन् । पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने निर्देशक सौरभले बताए ।
करण श्रेष्ठ र रिच इन्टरटेनमेन्टले नेपालभरि चलचित्र वितरणको जिम्मा लिएको छ । चलचित्रको पहिलो सिरिजमा राजबल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेतीलगायतको अभिनय थियो ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१