पोखरा २५ पुस । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाइ गरिएको छ ।
आगामी पुस २९ गतेदेखि माघको १२ गतेसम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव हुने बताइएको छ । पोखरा महोत्सव आयोजक युनाईटेड क्लबको आयोजनामा महोत्सव स्थल अमरसिंह चौर परिसर र बाहिरी कम्पाउण्डमा रहेको फोहोर मैला संकलन गरी सरसफाइ गरिएको हो ।
उक्त अवसरमा युनाईटेड क्लबका पदाधिकारीहरु तथा अमरसिंह चोक वरपर रहेका विभिन्न संघ सस्था, आमा समूह, महिला समूह तथा स्थानीयहरुले ब्यापक सहभागिता जनाएको दशौ पोखरा महोत्सव सरसफाइ उपसमिति संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिए । सरसफाइ कार्यक्रममा विभिन्न प्रकारका फोहोरहरु प्लाष्टिकजन्य, कुहिने र नकुहिने गरी वर्गीकरण गरी छुट्टा छुट्टै बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ल्याण्डफिल्ड साइडमा पठाइएको समेत संयोजक श्रेष्ठले वताए ।
विगतका वर्षहरुमा पनि पोखरा महोत्सवमा महोत्सव स्थल परिसर र आसपासका टोलहरुमा सरसफाइ गरिदै आएको र सरसफाइ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने पोखरा महोत्सव मुल आयोजक समारोह समितिका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले वताए ।युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा १० औ संस्करणको पोखरा महोत्सव सञ्चालन हुदैछ ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१