काठमाडौँ, १९ पुस । शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ । पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँको छ ।
पुरस्कारका लागि विसं २०७५ मा प्रकाशित भएकामध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँच हुँदै छनोट गरी ती दुई कृति पुरस्कृत गरिने भएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले जानकारी दिए । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो ।
पुडासैनीको कृतिमा मधेश तराई गाथा र अर्यालको कृतिमा नारीवादी तर आत्मिक प्रेम वर्णन भएकाले छनोट गरिएको पुरस्कार चयन समितिका संयोजक डा देवीप्रसाद गौतमले उल्लेख गरे । पुरस्कृत ती दुईसहित उत्कृष्ट पाँचमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’ परेका थिए ।
‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनः मुद्रण गरी १२ हजारप्रति प्रकाशन भएको थियो । पुरस्कारको अक्षयकोषमा ५० लाख रुपैयाँसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट १७ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१