रोटरी क्लब मिडटाउनको वृक्षरोपण

एजेन्सी
श्रावण २८, २०७६
rotary mid touwn_Fotor

रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा पोखरा–१४, छिनेडाँडास्थित बूढानीलकण्ठ पार्कमा वृक्षरोपण गरिएको छ।

कार्यक्रममा तेज पत्ता, रुद्राक्ष, गुलमोहर, कपुर, सम्मी, चाप, लिच्ची लगायतका ८० वटा बिरुवा रोपिएको हो।

कार्यक्रममा वन विज्ञान अध्यायन संस्थानका उप–प्राध्यापक विष्णु वाग्लेले वृक्षरोपण गर्दा खनिने खाडल, त्यहाँ प्रयोग गरिने प्राङ्गारिक मल लगायतबारे जानकारी गराएका थिए।

कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष सन्तोष पोखरेलले वृक्षरोपणको महत्वका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा स्थानीय दुर्गा भगवती टोल विकास संस्था, इनर ह्वील क्लब अफ पोखरा मिड टाउन लगायतका संस्थाका पदाधिकारीले वृक्षरोपण गरेका थिए।

आयोजक क्लब अध्यक्ष विनोद हेजोले जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा पनि देखिएकाले मानव स्वास्थ्यका लागि पनि वृक्षरोपण महत्व झनै बढ्दै गएको औल्याए।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष विष्णुबहादुर कार्की, समाजसेवी पूर्व शिक्षक वेदनाथ पोखरेल लगायतले रोपिएका विरुवा संरक्षण र गोडमेलमा स्थानीय जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

Related News

सम्बन्धित समाचार

hero news full width