ढकालको एकल साँझ

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७६

लोकगायक पद्मराज ढकालको चौथो एकल साँझ राष्ट्रिय नाचघर काठमाडौंमा शनिबार सम्पन्न भयो। दर्शकले खचाखच सो कार्यक्रममा गायक ढकालले नयाँ र पुराना गरी १६ वटा गीत गाएका थिए।

त्यस अवसरमा मारुनी र कौरा नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रम उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफू सांस्कृतिक आन्दोलनबाट आपूm प्रभावित भएको बताए।

उनले राजनीतिककर्मीको नाङ्गो अवसरवादबाट देशलाई बचाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताए।

साथै उनले कलाकार ढकाललाई निरन्तर लागिरहन आग्रह गरे। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्माले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन संयोजक मनकुमार श्रेष्ठले गरेका थिए।

ढकाललाई गायनमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, ऋतु लामा लगायत कलाकारले साथ दिएका थिए। सांस्कृतिक संस्थान र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम भएको हेा। गायिक सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हुन्

Related News

सम्बन्धित समाचार

hero news full width