अनागारिकाको स्वास्थ्य अवस्था गम्भीर

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
FB_IMG_1555411001810

पोखरा, ८ बैशाख । विगत एक वर्षदेखि फोक्सो र मस्तिष्क क्यान्सरबाट संक्रमित धर्मशीला बुद्ध विहारकी अनागारिका गुरुमा कर्मशीलाको स्वास्थ्य स्थिति चिन्ताजनक रुपमा रहेको छ ।

केहीदिन देखि पोखराको फिष्टेल अस्पतालले उनको उपचार गराइरहेको छ । उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो । उनको उपचारमा अंकोलोजिष्ट चिकित्सक ऋषि शेरचन र फिजिसियन डाक्टर बसन्त ताम्राकारको निगरानीमा भइरहेको छ ।

उनको उपचार धर्मशीला बुद्ध विहार नदीपुरमा नै भइरहेको छ भने हेल्थ एण्ड होम पोखराले नर्सिङ सेवा प्रदान गरिरहेको छ । स्वास्थ स्थितिबारे जानकारी लिन र साथै स्वास्थ्य उपचारमा आर्थिक सहयोग पु¥याउने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एवं उपासक र उपासिका धर्मशीला बुद्ध विहार नदीपुरमा भेला हुने क्रम चलिरहेको छ ।

यसैबीच २०७५ चैत ३० गते अष्टमीका दिन नियमित बुद्ध पूजाको कार्यक्रमसंगै अनागारिका गुरुमा कर्मशीलाको इच्छा अनुसार विभिन्न संघसंस्था एवं व्यक्तिले आर्थिक सहयोग हस्तान्तरण समेत गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width