सांसद गुरुङद्वारा असहायलाई फलफूल

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
manav sewa_Fotor

पोखरा, २८ चैत। नयाँ वर्ष २०७६ अवसरमा गण्डकी प्रदेश सदस्य मीना गुरुङले विहीवर मानव सेवा आश्रम, छोरेपाटनमा फलफूल वितरण गरेकी छन्।

सो क्रममा उनले नयाँ वर्षको शुभकामना मन्तव्य दिँदै आफ्नोपनको महसुस गरी आश्रमले सडकमा बेबारिसे अवस्थामा रहेकाहरुलाई यसरी आश्रय दिएकोमा सो कार्यको प्रशंसा गरिन्। उनले आगामी दिनमा पनि यसरी गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिन्। सांसद गुरुङले आफूले सांसद भत्ता वापत पाउने रकम यसरी नै सामाजिक कार्यमा लगाउँदैआएकी छन्।

गत वर्ष स्थापित मानव सेवा आश्रम कास्की शाखाले सडकमा बेबारिसे अवस्थामा रहेका असहायहरुलाई सेवा दिँदैआएको अभियन्ता राजन सापकोटाले जानकारी दिए। आश्रममा हाल करिब ६० जना आश्रित छन्।

यस्तै, केही दिन अघि सांसद गुरुङले पोखरा–१६ स्थित वडास्तरीय अपांगता महासंघमा अक्षयकोष स्थापना सहयोगार्थ २१ हजार रुपैयाँ सहयोग गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width