भारतीय नागरिकको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७५
Upper-Mustang-335119-950px-16×7

पोखरा, १५ चैत । मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको दर्शनगरी फर्कने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

जोमसोम स्थित एक होटलमा वास वसेका तामीलनाडु–१५ निवासी ६७ बर्षीय  KANAPPAN  VAITHILINGAM नामका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो ।

मन्दिर दर्शनपछि घरपझोङ गाउँपालिका–३ जोमसोम स्थित हिमालय ईन होटलमा वास बसेकोमा शुक्रवार विहान बिरामी भएपछि जिल्ला अस्पताल जोमसोम लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ । उनीसँग मुक्तिनाथ दर्शको लागि परिवार सहित ४० जनाको टोली आएको मुस्ताङका प्रहरी प्रमुख तुलवहादुर कार्की बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width