काठमाडौ, १९ फागुन । गएराति निधन भएका नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।
अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको शनिवार राति ८२ वर्षको उमेरमा निधन भएको हो ।
उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको छ ।
अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सरकारलाई सुझाव दिन नेकपा सचिवालयको बैठक पनि बसेको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१