ग्रीन बैंकको वार्षिक साधारणसभा

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
green

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा चैत २७ गते सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभाबाट लेखापरीक्षकको प्रतिवेदनसहित आ.व.२०७८/७९ र २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मत पारित भएको छ ।

बैंकको सञ्चित मुनाफा रकमबाट ३.८ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

बैंकको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पारित गरेको छ ।

संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्विरोध निर्वाचन सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले आव २०८०÷०८१ को लेखापरीक्षण नियुक्ति गर्न बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक सुजन काफ्ले एन्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

सेयरधनीले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले दिएका थिए । सेयरधनीले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्य हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । सेयरधनीलाई बैंक सञ्चालक सूर्यप्रसाद लम्सालले स्वागत र नायव प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक…
  • ग्रिनका अध्यक्ष श्रेष्ठको सपथ

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेशकुमार श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथ पिलएका छन् । उनले नेपाल राष्ट्र…
  • ग्रिन बैंक र फिस्टेलबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीका लागि फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग विभिन्न स्वास्थ्य…
  • गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा ।  गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी पदमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । बुधवार बसेको सञ्चालक समितिको ३०४…

hero news full width