हिलसाइड मावि नयाँ व्यवस्थापनमा

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
hillside 2

पोखरा । हिलसाइड अंग्रेजी माध्यमिक विद्यालय मालेपाटन शैक्षिक सत्र २०८१ देखि नयाँ आयामका साथ अगाडि बढ्ने भएको छ ।

बिहीबार विद्यालयमा आयोजित समारोहमा अबको नेतृत्व डिल्लीराम भट्टराईले लिने कुराको जानकारी विद्यालय निर्देशक लीला पराजुलीले दिए ।   डिल्लीराम पोखरामा रहेर नेपालको शिक्षा क्षेत्रमा अब्बल पहिचान बनाएका व्यक्ति हुन् । साथै शैक्षिक क्षेत्रमा लामो समय अनुभव लिएका होमनाथ भट्टराई र अञ्जु पौडेल पनि हिलसाइडको शैक्षिक विकासमा जोडिने कुरा विद्यालय स्रोतले जनायो ।

सो अवसरमा डिल्लीराम भट्टराईले कार्यक्रममा संस्कारयुक्त व्यावहारिक तथा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र अभिभावकलाई ढुक्क रहन आग्रह गर्दै नयाँ शैक्षिक सत्र नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयले संरक्षकका रूपमा यस विद्यालयको भौतिक संरचना रहेको जग्गाका जग्गाधनी तथा पोखरा मालेपाटन निवासी समाजसेवी लोकनाथ बरालका छोराहरू बाबुराम बराल, रामजी बराल र पदमराज बराललाई पाएको जनाएको छ ।

कार्यक्रम सञ्चालन विद्यालयका संस्थापक, पूर्व प्राचार्य तथा सामाजिक अध्ययन विषयका शिक्षक नारायण भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width