पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकीको संयोजकको जिम्मेवारी तनहुँका आरके पोखरेलले पाएका छन् । केन्द्रीय कमिटीले गण्डकीको इन्चार्जमा आशीर्वाद सुवेदीलाई चयन गरेको छ । सहइन्चार्जमा विजय पौडेल र सुजन बानियाँ छनोट भए ।
अनेरास्ववियुको गण्डकी सहसंयोजकमा सुशन घिमिरे र सुरज सापकोटा चुनिएका छन् । केन्द्रीय कमिटीले गण्डकीका ११ जिल्लामा इन्चार्जको टुंगो लगाएको छ । जसअनुसार कास्कीको इन्चार्जमा अनुप लामिछाने र सह–इन्चार्ज शोभिना सुवेदी ‘अनु’ चयन भए । पोखरा महानगरको इन्चार्जको जिम्मेवारी विष्णु पोखरेलले पाएका छन् ।
यस्तै बागलुङमा रोशन कुँवर, गोरखामा रोशन भट्टराई, लमजुङमा देवेन्द्र गुरुङ, स्याङ्जामा सगुन राना, पर्वतमा शेखर पौडेल, मनाङमा देवेन्द्र गुरुङ, मुस्ताङमा अनुप लामिछाने, नवलपुरमा सावित्री खत्री र तनहुँमा गोविन्द महतले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
संयोजकमा मनोनित भएका पोखरेलले विद्यार्थीहरूको हक अधिकारका लागि लड्ने बताए । यससँगै संघीयता कार्यान्वयन गराउन पहल गर्ने पनि उनको भनाइ थियो । शिक्षा क्षेत्रमा बेथितिविरुद्ध अनेरास्ववियु गण्डकी सधैं अग्रसर हुने उनले बताए । ‘विद्यार्थीका पक्षमा, जनजीविका, संघीयता र श्रमजीवीका पक्षमा काम गरिनेछ,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१