सामुदायिक वन आँधीखोलामा क्षेत्री

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७९
fecofun

गण्डकी । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङ्जाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।

५ वर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार, रुद्र केसी, भीमप्रसाद पौडेल, मेघनाथ ढकाल, सुनिता ढकाल, भीमा पौडेल, नारायणप्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल छन् ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न वनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने आवश्यकता औल्याए ।

गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरिसकेको छ । कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउँदै उनले आवश्यकता अनुसार परिमार्जन गर्दै उपभोक्ता समुहसंगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विभिन्न संघसंस्थालाई मानविय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्दै पौडेलले भन्नुभयो कृषि र उद्यमसँग वनलाई जोड्र्ने आवश्यकता छ ।

गाउँपालिकाका उपाध्यक्ष एवं सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सदस्य सीता थापाले नेतृत्व विकाससँगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यद्वय तारा शर्मा र हरि बास्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पु¥याउदै वनलाई आम्दानी श्रोतका रुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनु पर्ने आवश्यकता आंैल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width