पोखरा । एलजी एसोसिएसन र नवआदर्श सामुदायिक विकास समाज आठौं संगम कप बिल स्मृति फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । शनिबार दिउँसो हुने फाइनलमा उपाधि विजेताले १ लाख ७५ हजार रुपैयाँ हात पार्ने प्रतियोगिता संयोजक शिव गुरूङ (माया) ले बताए ।
संगम क्लबको आयोजनामा शुक्रबार भ्याली स्पोर्टस् क्लबसँगको पहिलो सेमिफाइनलमा वरदान ताङवेको १ मात्र गोल निर्णायक बन्दा साविक विजेता एलजी एसोसिएसन उपाधि नजिक पुगेको हो ।
४७ औं मिनेटमा आशीस गुरूङको स्थानमा मैदान छिरेका ताङवेले पेनाल्टी अवसर सदुपयोग गरी दोश्रो हाफको इन्जुरी टाइमको अन्तिममा गोल गरेका हुन् । खेलमा ताङवे नै म्यान अफ दी म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा नवआदर्शले सहारा क्लबलाई सडन डेथको शिकार बनाउँदै उपाधि नजिक पुगेको हो । खेलमा नवआदर्शका गोलरक्षक आशीष केसी म्यान अफ दी म्याच घोषित भए ।
यसैबीच, सेतीपुल वारि र पारीका भेट्रान्स खेलाडीबीच शनिबार बिहान ८ बजे मैत्रीपूर्ण फुटबल हुनेछ म्याच कमिस्नर खिमबहादुर गुरुङले बताए । प्रतियोगिताको मुख्य प्रायोजक सहारा हङकङ र संगम एलजी हङकङ रहेको संगम क्लब अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१