पोखरा । संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइलनमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
संकटाका लागि विदेशी खेलाडी मेसौके ओलोमोउ र स्टेफन बिनोङ तथा सुरज जिउ ठकुरीले एक एक गोल गरे । यस अघि नवयुग श्रेष्ठले आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–१ गोलको बराबरी सकिएको खेलमा दोस्रो हाफमा संकटाले दुई गोल थपेको थियो ।
खेलको १४ औं मिनेटमा नवयुग श्रेष्ठको पेनाल्टी गोलबाट आर्मीले अग्रता बनाएको थियो । संकटाका डिफेन्डर निशान खड्काले आर्मीका दिनेश हेम्जनलाई बक्सभित्र लडाएपछि रेफ्री नविन्द्र महर्जनले आर्मीलाई पेनाल्टी अवसर दिए । नवयुगले कुनै गल्ती नगरी पेनाल्टी सदुपयोग गरेपछि आर्मीले १–० को अग्रता बनाएको थियो ।
गोल व्यहोरेपछि आक्रामक खेलेको संकटाले ३६औं मिनेटमा बराबरी गोल फर्कायो । बक्सबाहिरबाट कप्तान सुनिल बलले मिलाएको बललाई विदेशी खेलाडी मेसौके ओलोमोउले सहजै गोल गर्दै संकटालाई बराबरीमा ल्याएका हुन् । ३८ औं मिनेटमा आयुस घलानको पासमा स्टेफेनको प्रहार बाहिरिँदा संकटा अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा आक्रामण ध्यान दिएको आर्मीले काउण्टर अट्याकमा २ गोल व्यहोरेको थियो । अधिकांस समय संकटाको पोष्ट प्रहार गरेको आर्मीले बललाई जाली चुमाउन भने सकेन् । ५६ औं मिनेटमा सेसेहाङ आङ्दाङ्वेको प्रहार संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाए । ६६ औं मिनेटमा सुदिल राईको कडा प्रहार टिकेन्द्रले बचाउने क्रममा आएको रिबाण्ड बलमा आर्मीका टेकबहादुर बुढाथोकी चुके । त्यसको ८ मिनेटपछि सेसेहाङको कर्नरमा टेकबहादुरको हेडिङ बल टिकेन्द्रले मुस्किलले बचाए ।
एकतर्फी आक्रामक खेलेको आर्मीले खेलको ७९औं मिनेटमा काउण्टर गोल व्यहोर्न पुग्यो । विदेशी खेलाडी स्टेफन बिनोङको प्रहार पहिलो पोलमा लागेर फर्किएपछि रिबाउन्डमा अनमार्क रहेका संकटाका सुरज जिउ ठकुरीले सहज गोल गर्न सफल भए । खेलको इन्जुरी समयमा स्टेफनले तेस्रो गोल गरेका थिए । गोलरक्षक विकेश कुथुलाई बिट गरेर बिनोङले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच स्टेफन नै घोषित भए ।
संकटाले फाइनल प्रवेशका लागि अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।
खेलपछि आर्मीका प्रशिक्षक नबिन न्यौपानेले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको बताए । ‘हामीले लिड गरेको अवस्थामा पनि त्यसलाई जोगाउन सकेनौं, त्यही नै हारको टर्निङ प्वाईन्ट बन्यो,’ उनले भने, ‘सेकेण्ड हाफमा गोल व्यहोरेपछि आक्रमणमा ध्यान दिंदा काउण्टर गोल खान पुग्यौं । अनि हामीले पाएको चान्समा गोल गर्न सकेनौं ।’
यस्तै संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरुले रणनीति अनुसार खेलेकाले जित संभव भएको बताए । ‘केटाहरुले हामीले बनाएको रणनीति अनुसार ज्यान दिएर खेले,’ उनले भने, ‘जसले गर्दा एक गोलले पछि परेको अवस्थामा पनि कमब्याक गरेर जित्न सफल भयौं ।’
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१