अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै गर्दै आएका प्रमाण बिहीन दाबीका कारण हिंसात्मक प्रदर्शनको भएको छ ।
संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।
हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमण गरेका हुन् । उनीहरुले तोडफोड गरेका छन् । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् ।
ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको दाबी उनले गरेका छन् ।
ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप भने लगाएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा एकजनाको ज्यान गएको छ ।
सयौँ हतियारधारी ट्रम्प समर्थक चुनावको नतिजा उल्ट्याउनका लागि कांग्रेस भवनमा प्रवेश गरेपछि इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रम केही समयका लागि रोकिएको छ ।
झण्डै तीन घण्टासम्म हतियारधारी ट्रम्प समर्थकले संसद भवनमा नियन्त्रण कायम गरेका थिए । प्रहरीले सांसदहरुलाई भवनबाट निकालेका थिए । त्यसपछि स्थानीय समय अनुसार बुधबार बेलुका साढे पाँच बजे प्रहरीले भवनमा नियन्त्रण कायम गरेको छ ।
सुरक्षा व्यवस्थाका लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिलेसम्म १३ जना पक्राउ परेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको गतिविधि बिद्रोही गतिविधि रहेको बताएका छन् ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१