पोखरा । लायन्स क्लब अफ पोखरा समृद्धिका पूर्व अध्यक्ष तथा जोन चियरपर्सन राधिका थापाले महर्षि गुरुकुल वेद विद्याश्रममा आश्रित विद्यार्थीलाई सिरकडसना सहयोग गरेकी छन् ।
उनले संस्थाको आवश्यकतालाई थोरै भएपनि राहतहोस् भन्ने हेतुले सहयोग गरेको बताइन् । आफूलाई क्लब र परिवारतर्फबाट सहयोग भएको बताउँदै सहयोग सामग्री सदुपयोग हुनेमा आशा व्यक्त गरिन् ।
कार्यक्रममा लायन्स डिष्ट्रिकका पदाधिकारी रामकुमार बसेलले जोन चियरपर्सन थापाले आफू अध्यक्ष हुँदा पनि यस्ता कार्यक्रम गर्न पहल गर्ने र धेरै संस्थालाई सहयोग गरेकोमा प्रशंसा गरे ।
रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले जहाँ सामानको खाँचो छ, त्यहाँ सहयोग जरुरी रहेको भन्दै सबै संस्थाले उक्त भावनालाई अङ्गीकार गरेर सामाजिक कार्यमा क्रियाशील हुनुपर्ने बताए ।
लायन्स क्लष्टर प्रमुख डम्बरकुमारी गुरुङले लायन्स क्लब आफैमा सहयोगी र सामाजिक संस्था भएकाले वैदिक संस्थामा आएर यस्ता कार्य गर्न सबै लायनहरु लाग्नुपर्ने बताइन् ।
महर्षि गुरुकुल वेद विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलले सहयोगप्रति आभार व्यक्त गर्दै गुरुकुलमा हाल कक्षा ६ देखि १० सम्म अध्ययन–अध्यापन भइरहेको बताए ।
संस्थाका अध्यक्ष रेविका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शान्ति श्रेष्ठ गरेकी थिइन् ।
सो अवसरमा संस्थाका सचिव शान्ति श्रेष्ठ र सदस्य इन्दिरा गौतमले गुरुकुलका लागि आर्थिक सहयोग समेत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१