पतञ्जलिद्वारा खाद्यान्न सहयोग

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७७
Patanjali

वालिङ, ३० असोज । पतञ्जलिले वालिङ–८ आग्रीडाँडाका २३ घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको छ । आयूर्वेद शिरोमणि आचार्य बालकृष्णको निर्देशनमा आफ्नो जन्म ठाउँमा दशैंको उपहारस्वरुप दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराईएको हो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आचार्यको सहयोगमा सिङ्गो गाउँका लागि खाद्यान्न सहयोग प्राप्त भएको बताए । उनले नेपालीहरुको महान चाड दशैंको अवसरमा २३ घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

उनले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि पतञ्जलिले खाद्यान्न उपलब्ध गराएर राहत पु¥याएको बताए ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले आचार्य बालकृष्णले आफ्नो जन्मभूमिप्रति देखाएको सहयोगी भावना अझै बढ्दै गई आगामी दिनमा पनि सहयोगहरु प्राप्त भईरहने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुबेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित आग्रीडाँडाका स्थानीयहरुमा धन्यवाद ब्यक्त गरे । पतञ्जलिले आग्रीडाँडाका २३ घरपरिवारलाई १० केजी चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको हो । पतञ्जलिले गत सोमबार पनि पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width